जुम्ला जिल्लामा माओवादीका युवा नेता दल बहादुर जिसीको चर्चा
काठमाण्डौं,साउन ३०। जुम्ला जिल्लामा माओवादीका तर्फबाट यस पटक संघिय चुनावमा युवा नेता दलबहादुर जीसीको चर्चा चल्न थालेको छ ।
जिसी अखिल कान्तिकारिकाे केन्द्रीय उपाध्यक्ष,अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घकाे केन्द्रीय महासचिव हुन ।
विद्यार्थी राजनीतिबाट उदाएका जिसी यसपटक पार्टिले विश्वास गरे उम्मेदवारी दिने तयारी गरी रहेकाछन ।
संघिय चुनाव जुम्ला जिल्ला माओवादीको कब्जामा रहेको छ । सो क्षेत्रबाट माओवादीका गजेन्द्र बहादुर महतले जितेका हुन । एकमात्र निर्वाचन क्षेत्र रहेको उक्त क्षेत्र अब भने माओवादीलाई जित्न हम्मे हम्मे पर्ने आँकलन गरिएको छ ।
माओवादीले पहिला जितेका गाउपालिका तातोपानी ,गुठिचाैर, हिमा अहिले हारेकाे छ । अहिले सिन्जा क्षेत्रका दुईवटा मात्र गाउपालिका माओवादिले जितेकाे छ ।
यस पटकको स्थानिय चुनावमा जुम्ला जिल्लामा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै अभियानता बनेर चर्चा कमाएका राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहीले पनि उम्मेदवारी घोषणा गरेका छन ।
युवा नेता र नयाँ अनुहार आए फेरी पनि माओवादी कै पोल्टामा पर्ने स्थानिय जनता बताउँछन ।
जुम्ला जिल्लाबाट यस पटक नयाँ पुस्तालाई टिकट नदिए जुम्लाले आफ्नो सिट गुमाउने देखिएको छ ।