नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)
काठमाण्डौं,भदौ ५ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन पस्चात अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस पार्टी कार्यालयमा पार्थिव शरीरलाई राखिएको थियो । गए राती ९ :३० बजे मेडिसिटी अस्पातलमा उनले अन्तिम सास लिए र भौतिक शरीरबाट बिदा भए । राजनीतिमा छुट्टै पहिचान बोकेका गिरी २००४ साल असोज २४ गते जन्मिएका हुन ।
नेपाली कांग्रेसमा मात्र न भै बौद्दिक र कुशल राजनीतिज्ञको छवी बनाएका नेता गिरीलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न पार्टी कार्यलयमा प्रधानमन्त्री शेरबहादुर देउवा,बरिष्ठ नेता राम चन्द्र पौडेल,उपसभापति,पूर्ण बहादुर खड्का, नेकपा माओवादीका अध्यक्ष प्रचन्ड,नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जसपाका नेताहरु,मन्त्री,नेता,कार्यकर्ता र सर्वसाधारण उपस्थित थिए ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।