कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो बाग्लुङमा अब्दुल सत्तार आउँदै
काठमाण्डौं,भदौ ७ । नेपाली कांग्रेसले संघ र प्रदेशकाे चुनावलाई केन्द्रीत बनाएर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएकाे । त्यसका लागि ७७ वटै जिल्लामा प्रतिनीधि खटाएकाे छ ।
भदौ १० गतेदेखि सुरू हुने उक्त अभियानका लागि पार्टीले केन्द्रिय सदस्य अब्दुल सत्तारलाई बाग्लुङ जिल्लाका लागि प्रतिनिधि खटाएकाे हो । वहाँ बुधबार बाग्लुङ पुग्ने र जिल्लामा आयोजना हुने अभियानको कार्यक्रम सहभागी हुनुहुने छ ।
‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत पहिलो चरणमा भदौ १० देखि २४ गते बीपी जयन्तीका दिन सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।
१) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।
२) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३) कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।
४) निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।
* अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् ।
* ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने छन् ।
अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु हुनेछ र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम बारे छलफल गरी निम्न कार्यमा सरिक रहनु हुनेछ ।
२) जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।
३) एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन/महासमिति/प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरु भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्नु हुनेछ ।
४) गठबन्धनमा रहेका दलहरु बिच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्न ÷ बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नु हुनेछ ।
५) निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नुहुनेछ ।
६) अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न÷गराउन जिल्ला समिति एवं मातहतका समितिहरुलाई सहजीकरण गराउनु हुनेछ ।
७) पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने ।
आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यो अभियानको अवधिमा व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने ७ जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ ।
क) अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सातवटै प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
ख) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रका सबै प्रदेश सभा क्षेत्रमा प्रतिनिधि खटाउने
छन् ।
ग) प्रदेशबाट खटिने प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिसँग समन्वय गरेर प्रदेशसभा भित्रका कार्यक्रमहरु प्रभावकारी र सफल बनाउन प्रदेश क्षेत्रीय सभापति र कार्यसमितिलाई सहजीकरण र सहयोग गर्नेछन् ।
घ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नेछ ।
ङ) प्रदेश कार्यसमितिले आफ्नो प्रदेशको अनुकूलता र अपेक्षा अनुरुप अभियानका लागि थप कार्यक्रम तर्जुमा गर्न सक्नेछ ।
१) आफ्नो जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्नेछ ।
२) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिती र पालिका समितीसंग आवश्यक समन्वय गर्नेछ ।
३) जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्लाको प्रतिनिधि खटाउनेछ । यसरी खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गर्नेछन् र अभियान भरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनेछन्, विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुनेछन् ।
४) जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफु अन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्नेछ ।
१) केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिसंग समन्वय र गाउँ–नगरसमितिसंगको सहकार्यमा क्षेत्रीय कार्यसमितिले अभियानको कार्ययोजना तयार गर्नेछ ।
२) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडाभन्दा फरक–फरक वडामा प्रतिनिधि खटाइ परिचालन गर्नेछ । यसरी खटिएका प्रतिनिधिले गाउँ–नगर कार्यसमितिसंग समन्वय गरी वडा कार्यसमितिसंगको सहकार्यमा टोल–टोलको कार्यक्रम तय गर्नेछन् र अभियानभर वडाका अभियानमा क्रियाशील रहनेछन् ।
३) प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय समितिसँगको समन्वय र आफ्नो नेतृत्वमा आफ्नो प्रदेश क्षेत्र भित्रको अभियानलाई प्रभावकारी बनाउन समुहमा बाँडिएर भुमिका निर्वाह गर्नेछन् ।
१) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
२) क्षेत्रीय कार्यसमितिले खटाएको प्रतिनिधिसंगको समन्वयमा टोलसम्म अभियान प्रभावकारी बनाउन वडा कार्यसमितिसंग समन्वय गरी हरेक टोलमा प्रतिनिधि खटाउने ।
३) अभियानकै क्रममा वडा टोलका कार्यक्रमका साथै पालिका कार्यसमितिले पालिका स्तरीय एउटा सार्वजनिक कार्यक्रमको संयोजन गर्ने ।
४) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।
क) उद्घाटन कार्यक्रम :
* भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने छन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहिँ जिल्ला स्तरीय रुपमा, कहिँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिनेछ ।
* उद्घाटन समारोह मार्फत अभियानको उद्देश्य बारे सार्वजनिक प्रकाश गरिनेछ ।
ख) हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा कार्यक्रम ः
* गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिका स्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मुलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।
१) नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित वढीमा १५ जना रहने व्यवस्था गरेको छ । विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ ।
३) टोल कार्यसमिति भित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड यस विचमा टुंगो गर्नु पर्नेछ ।
५) टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसंगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।
१) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
१) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने ।
१) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई मातृभूमिमा हुन लागेको चुनावमा आ–आफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने ।
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।
भदौ २४ गते वीपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरे बमोजिम केन्द्रीकृत रुपमा अथवा विभिन्न तहमा विकेन्द्रीत ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ ।