भेट्रान पदक विजेता सम्मानित

काठमाडौं, चैत १७ गते । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।

कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०–८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv